logo
Advertisement

विजयन्द्रले यसरी श्वेताको सिउंदो रंगाए(भिडियो सहित)

२३ मंसिर २०७७, मंगलवार मा प्रकाशित

अभिनेत्री श्वेता खड्का मंसिर २२ गते बिवाह बन्धनमा बाधिंएकी छिन् । उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिंएकी हुन् ।

खड्काको बिवाह गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न भएको छ । बिजयन्द्रसँग श्वेता विगत १ बर्ष देखि प्रेम सम्बन्धमा थिइन् । यस अगाडि पनि खड्काको मंसिर ५ गते बिवाह हुने चर्चा चलेको थियो । तर, खड्काले उक्त समयमा आफू बिवाह गर्ने योजना नभएको बताएकी थिइन् ।

अभिनेत्री खड्काले फिल्म ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेव्यु गरेकी हुन् । उनले वि स २०७१ साल असार २३ गते अभिनेता स्वं श्रीकृष्ण श्रेष्ठसँग बिवाह गरेकी थिइन् ।

तर, बिवाह भएको एक महिनापछि श्रेष्ठको वि.सं २०७१ साल साउन २५ गते उपचारका क्रममा नि’धन भएको थियो । खड्का पछिल्लो समय फिल्मसँगै विभिन्न व्यवसायहरुमा पनि आवद्ध छिन् ।

फोटो स्रोत : फेसबुकबाट

Recent Comments

Top