logo
Advertisement

कुलत देखी समाजसेवा सम्मको यात्रामा बिनय , जन्मदिनको शुभकामना !

१९ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

बिनय जंग बस्नेतको आज जन्मदिन । उनी एक समय दुर्ब्यसनमा फसेर आफ्नो रंगीन जिन्दगीलाई रंगहिन बनाएर भौतारी रहेका एक यायाबर हुन् । उनको बिगत र बर्तमानमा आकाश जमिनको फरक छ । उनको बिगत नियाल्नेले अहिलेको बिनय देख्दा शायद आँफैले आँफैलाई चिमोट्छन् होला शायद सपनी हो या बिपनी भनेर ।

बिगत जे होस् , हामी बिगतमा अल्झिने भन्दा बर्तमान र भबिष्य सुनौलो बनाउन तिर लम्कन पर्दछ । बिनयले ३०० भन्दा बढी बेवारीसे शबलाई सदगत गरिसके । उनका सुरुका दिन कठिन थिए । कुनै काम गर्न सहज त हुन्न तर पनि अरुको भन्दा प्रिथक कार्य गर्दा चुनौती धेरै नै भोग्न पर्‍यो बिनयले ।

आफ्नो सम्पत्तिसमेत समाजसेवामा लगाएका उनको जीवन कथा साच्चै मार्मिक छ । सानै उमेर देखि पत्रकारितामा लागेर बीच समयमा उनि अल्कोहलको सिकार भए। सुधार केन्द्रमा बर्षौ बिताएका बिनय जंग यो बेला अरुको जिन्दगी सुधार्नको लागि हर बखत लागिपरिरहेका छन् ।

विगतका दिनहरुमा उनी घर, परिवार, छरछिमेकी, आफन्त सबैसँग टाढिदै नशासँग नजिकिएका थिए। तिनै जड्याहा बिनय जंग बस्नेत अहिले सामाजिक अभियन्ता बिनय जंग बस्नेत बनेका हुन्। कसैले कल्पना समेत गरेको थिएन होला उनले जाडरक्सीको नशा त्यागेर यसरी समाजमा सकारात्मक कार्य पनि गर्छन् । जेहोस् बिगत अहिले बर्तमानमा गरेको सत्कर्मले उनको जीवन झनै सुनौलो हुँदै जावोस् जन्मदिनको धेरै धेरै शुभकामना ।

Recent Comments

Top