बलिउड सुपरस्टार शाहरुख खानको नयाँ फिल्म पठानको यतिबेला चौतर्फी चर्चा छ । उनी फिल्म जीरो पछि कुनै फिल्ममा देखिएका छैनन् ।
शाहरुखले पछिल्ला दिनमा आफ्नो लगानीमा फिल्म निर्माण गर्दै आइरहेको भएता पनि नयाँ फिल्म पठानमा उनले बिना लगानी नै ४५ प्रतिशत हिस्सा पाउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यशराज फिल्म्सले निर्माण गरेको फिल्म पठानमा शाहरुखसँगै अभिनेता जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणको पनि मूख्य अभिनय रहने निर्माण यूनिटले जनाएको छ ।
२०० करोड लगानीमा बन्ने यस चलचित्रमा जोन अब्राहमले २० करोड पारिश्रमिक लिनेछन् भने दीपिकाले १५ करोड पारिश्रीमक लिनेछन् । सिद्धार्थ आनन्दले निर्देशन गर्ने फिल्मको निर्माण निर्माता आदित्य चोपडाले गर्नेछन् । जोनले भिलेनको भूमिकामा देखिँदा शाहरुख र जोनको टक्कर हुने बताइन्छ ।
Recent Comments