logo
Advertisement

दोलखाको भीमेश्वरको शिलामा आयो पसिना, मुलुकमा अनिष्ट हुने

११ मंसिर २०७७, बिहीबार मा प्रकाशित

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको उल्लेख गरिएको छ ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको प्रशासनको भनाइ छ ।

मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई खबर गरेका थिए। यसका साथै बाजागाजासहित मन्दिरमा गुठियारहरुले पूजाआजा गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

साथै जिल्ला प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरु भीमसेन मन्दिर पुगी महाप्रसाद राष्ट्रपति कहाँ पठाउने तयारी गरेको जनाएको छ।

यसअघि २०७४ असोजमा भीमेश्वर नगरपालिका-२ स्थित भीमेश्वरको मन्दिरमको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

त्यसपछि भीमसेनको शिलामा आठ वर्षपछि फेरि पसिना आएको थियो । दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ।

Recent Comments

Top