अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपत्नी मेलानिजाले ट्रम्पसँगको सम्बन्ध बिच्छेद गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको रिपोर्ट छापेको छ ।
उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको डेलीमेलले दावी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ ।
ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ ।
Recent Comments