logo
Advertisement

अचम्मको लक्ष्मी मन्दिर, जुन मन्दिर बन्यो १५ सय किलो सुनबाट

२२ कार्तिक २०७७, शनिबार मा प्रकाशित

विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु छन् । तीमध्ये, भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ । भारतको तमिलनाडुको भेल्लोर सहरस्थित महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको हो ।

करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो । विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको यो मन्दिर बनाउन ३ अर्ब भारु खर्च भएको बताइएको छ ।

अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य निकै अद्भूत देखिन्छ । सन् २००७ को अगष्टमा सर्वसाधारणका लागि खुल्ला गरिएको यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको छ ।

साथै यो मन्दिरको एक–एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ । यो मन्दिरभन्दा अगाडि भारतको अमृतसरस्थित गोल्डेन टेम्पल विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गरिएको मन्दिरको रुपमा प्रख्यात थियो । जसमा साढे ७ सय किलो सुन प्रयोग गरिएको छ ।

Recent Comments

Top