अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ । नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । तर, त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ ।
अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्याबिट ह्यास सहरमा विल्बर बिस्ट नामको कुकुरले चुनाव जितेर मेयर बनेको हो । फ्रेन्च बुलडग नश्लको उक्त कुकुरले जम्मा २२ हजार ९८५ मतमध्ये १३ हजार १४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भयो ।
मेयर पदमा निर्वाचित हुनका लागि विल्बरले प्राप्त गरेको मत त्यहाँको निर्वाचन इतिहासमै अहिलेसम्मकै सर्वाधिक मत रहेको बताइएको छ ।निर्वाचनमा ज्याक र्याबिट नामको कुकुर उसको निकटतम प्रतिद्वन्दी बनेको छ । एजेन्सी ।
Recent Comments