logo
Advertisement

नायिका ऋचा शर्मा कोरोना मुक्त, लेखिन् यस्तो भाबुक स्टाटस

२० कार्तिक २०७७, बिहीबार मा प्रकाशित

नायिका ऋचा शर्मा कोरोना संक्रमित भएर निको भएकी छिन् । सेल्फ क्वारेन्टिनमा बसेर आफु कोरोना मुक्त समेत भएको ऋचाले आफ्नो फेसबुक स्टाटसमा उल्लखे गरेकी छिन् ।

ऋचा आफ्नो फेसबुक स्टाटसमा लेख्छिन् ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटट सत्य हो । र, यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ की पढेर जानिन्छ की परेर । यस भयावह अवस्था बिच म पनि कोरोनाबाट संक्रमित हुन पुगे । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेंटीनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु ।

कोरोनाको बारे हामीलाई अझै सम्पुर्ण ज्ञान नभएको, नयाँ फाइडिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिदा आफु तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैंले के गरे, खानपान्, जिवन शैली बारे छिट्टै यहाँहरुलाई जानकारी गराउने छु । यो बिच म सम्पूर्ण अग्रपंक्तिमा रहेर हामीलाई सेवा पुर्याउनु हुने समपूर्णलाई नमन गर्दछु । सतर्क रहनुस्, स्वस्थ रहनुस् ।’

Recent Comments

Top