गायक प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियालाई देख्न सकिन्छ ।
शनिबार गायक शम्भु धितालकै युट्युब एकाउन्ट मार्फत सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ । यसै गीत मार्फत गायक शम्भु धितालले पहिलो पटक गायन तथा म्युजिक भिडियोमा डेब्यू गरेका हुन् ।
गीतको शब्द, संगीत पनि गायक धितालले नै गरेका हुन् । गीतको एरेन्ज चर्चित एरेन्जर कृष्ण बिक (भान्जा) ले गरेका हुन् । भिडियोलाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् । जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ ।
हेर्नुस् भिडियो :
Recent Comments