logo
Advertisement

करिश्मा मानन्धरकी छोरी र शिव श्रेष्ठका छोरा अभिनित फिल्मको ‘टिजर’ सार्वजनिक (भिडियो)

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

चार दशक नेपाली चलचित्रमा योगदान दिएका कलाकार शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज भएको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कबिता मानन्धरको डेब्यू फिल्म भएकोले पनि फिल्मको चर्चा बढी छ ।

कलाकार श्रेष्ठ आफैले कोभिड–१९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेस सापकोटाको भनाइ छ ।

२०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो ।

Recent Comments

Top