logo
Advertisement

ढाका कपडा बुनेर स्वरोजगार बन्दै यी नानीहरु ! दु:ख गरे मनग्य आम्दानी हुने (हेर्नुस् भिडियो)

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

सुन्दर भविष्य खोज्दै शहर पस्ने गरेका युवाको तुलानामा हिजोआज युवाहरू गाउँमै राम्रो रोजगारीको वातावरण मिलाउन थालेका छन् । पछिल्लो समयमा युवाहरू आफूले सिकेको सीप किन नहोस् वा खाली खेतबारी नै किन नहोस् यसरी नै गाउँमा नै स्वरोजगार बन्दै गएका छन् ।

दोलखाको जिरीमा पनि युवाहरु चाहे बाह्रैमास तरकारी खेती गरेर होस् वा कुखुरा, माछा तथा बंगुर पालेर होस् । राम्रो आम्दानी गर्न थालेका छन् । जिरी नगरपालिका वडा नं ४, रातमाटेका अन्जना जिरेल र फुलमाया जिरेलले ढाका कपडा बुनेर स्वरोजगार बन्दै छन् ।

पढाई सकेर फुर्सदको समयमा दिदि बहिनिले लकडाउन भएपछि आफ्नै गाउँ फर्केर ढाका बुन्न सुरु गरेको बताउछन् । ढाका सम्बन्धि तालिम लिएर यो काम सुरु गरेपश्चात आत्म निर्भर हुँदा खुशी लागेको उनीहरु बताउछन् ।

यसमै दु:ख गरे राम्रो आम्दानी गर्न सकिने उनीहरु बताउछन् । ढाकाको शललाई १००० देखि २००० सम्ममा बेच्ने गरेको उनीहरुले बताए । सुरुमा शल बुन्दा ५ दिन लाग्ने गरेको तर अहिले भने ३ दिनमै बुन्न सक्ने भएको बताए । थप कुराकानी भिडियोमा हेर्नुहोला :

Recent Comments

Top