logo
Advertisement

यस वर्षको टिकाको शुभ साइत कती बजे पर्‍यो ?

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

यस वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।

बिगतका बर्षका दशैँभन्दा यसबर्षको टीकाको समय छिटो जुरेको पञ्चाङ्ग निर्णयक समितीले जनाएको छ । यसबर्षको घटस्थापनाको दिन चित्रा नक्षत्र परेका कारण टीकालाई नै असर गरेको समितीको भनाइ छ ।

सोही नक्षत्रका कारण यसबर्ष देवी बिसर्जन गरेको ८ मिनेटमै टीकाको साइत जुराउनुपरेको समितीको भनाइ छ । यसअघि देवीको बिसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साईत जुर्ने गर्दथ्यो ।

Recent Comments

Top