logo
Advertisement

यी हुन् प्रहरीको ह त्यामा संलग्न ७ जना आरोपी, प्रहरीले गर्यो सार्वजनिक

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको ज्या’न लिएको अभियोगमा पक्रा’उ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ज्या’न लिएको घ’टनामा संलग्न भएको आरोप लागेका मध्य ७ जनालाई सार्वजनिक गरिएको हो । प्रहरीले अरु केहीलाई पनि प’क्राउ गरी अनुसन्धान थालेको छ ।

घ’टना स्वीकार गरेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरुले नेपालबाट भारत सामान त’स्करी गर्दा प्रहरीले अव’रोध सिर्ज’ना गरेपछि प्रहरीको ज्या’न लिएको बताएका छन् । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई निय’न्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ । गत शनिबार राती नियमित गस्तीमा ख’टिएका बेला अस्थायी प्रहरी पो’ष्ट जुगेडाका इन्चा’र्ज समेत रहेका बिक र प्रहरी जवान वे’पत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक बिकको श’व आइतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थि’त मोहना नदीमा भेटिएको थियो । मंगलबार प्रहरी जवान साउदको श’व पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको श’व भेटिएको स्थानदेखि २ सय मिटर तल मोह’ना नदीमै उनको श’व भेटिएको थियो । तस्बिर दिनेश खबरवाट लिइएको हो

Recent Comments

Top