logo
Advertisement

नेहा कक्करको विबाहको खबरपछि बोले पूर्व प्रेमी हिमांश कोहली, बलिउडमा नै हं’गामा

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

प्रेम र रोमान्सका कारण सदावहार चर्चामा आइरहने सुन्दरी बलिउड गायिका हुन् नेहा कक्कर । यसअघि पूर्वप्रेमी हिमांश कोहलीसँग प्रेम , रोमान्स र ब्रेकअपका कारण लामो समय चर्चा र त’नावमा रहेकी नेहा यतिबेला भने विबाहको खबरले फेरी चर्चामा छिन् ।

नेहाले आफ्नो साथी रोहनप्रीत सिंहको साथमा विवाह गर्न लागेका खबरहरु सार्वजनिक भइरहेको समयमा पूर्वप्रेमी हिमांशले नेहाले विवाह गर्ने खबरले आफु निकै खुशी भएको प्रतिक्रिया दिएका छन् । नेहाको विषयमा बोल्दै हिमांशले भनेका छन् ‘नेहाको विवाहको खबरले धेरै खुशी छु, किनकी अब नेहा आफ्नो जीवनको अगि बढ्ने फैसला गरेकी छिन् ।’

भारतीय कतिपय मिडियाले नेहाले विबाह गर्न लागेको समाचार प्रकाशित गरेको भएता पनि उक्त औँठी लगाइएका दृश्यहरु म्युजिक भिडियोको भएको बताइएको छ । यी दुवैजनाले गीत सँगै गाएको कारण नाम जोडिएको हो भन्दै उनले म्युजिक भिडियोमा औठी लगाएको दृश्य भाइरल बनिरहेका छन् । जहाँ नेहा निकै खुशी देखिएकी छिन् ।

Recent Comments

Top