logo
Advertisement

कोरोना कहरका बीच पनि यस्तो काममा व्यस्त छिन् आलिया भट्ट

२६ आश्विन २०७७, सोमबार मा प्रकाशित

कोरोना कहरका बीच अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’ को छायांकन सुरु भएको छ । भारतमा दैनिक ६० हजारभन्दा बढी धेरै कोरोनाबाट संक्रमित भइरहेका खबर आए पनि चलचित्रकर्मी भने छायांकनमा जुटेका छन् । यसै मेसोमा अभिनेत्री आलियाको मुख्य भूमिका रहेको उक्त चलचित्र को छायांकन आउँदो वर्षको जनवरी महिनासम्म सक्ने लक्ष्य निर्माण पक्षले राखेको छ ।

चलचित्रको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको जानकारी दिए । सुटिङका क्रममा चलचित्रका कलाकार र अन्य सदस्यको समय बचाउनका लागि निर्देशक भन्साली र उनको टिमले रातको समयमा छायांकन गरिरहेको छ । अभिनेत्री आलिया पनि रातको समयमा चलचित्रको छायांकन गर्नका लागि तयार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । टिमका सदस्य भने दिनभर आराम गरेर रातभर काम गरिरहेका छन् । सौर्य दैनिकमा खबर छ ।

यो चलचित्रमा आलिया भूमिकामा देखिँदैछन् । आफ्नो फरक भूमिकाकै कारण अभिनेत्री आलिया यो चलचित्रबाट निकै आलिया उत्साहित छन् । यो चलचित्रको सुटिङका क्रममा चलचित्रसँग आवद्ध केही सदस्यलाई कोरोना संक्रमित भएको थियो । तैपनि निर्माण पक्षले छायांकनको कामलाई रोकेको छैन । निर्देशक भन्सालीको चलचित्रमा दुई अलग कालखण्डलाई प्रस्तुत गर्ने तयारीमा छन् । सन् १९४६ को कमाठीपुरा देखाउनका लागि भन्सालीले सेटलाई फरक तरिकाले डिजाइन गर्न लगाएका छन् ।

Recent Comments

Top