logo
Advertisement

कोरोना बलियो श;त्रु हो : हरिवंश

२६ आश्विन २०७७, सोमबार मा प्रकाशित

तिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्र’मण भएपछि यतिखेर होम आइ’सुलेसनमा बसिरहेका छन्। कोरोना संक्र;मणबाट हुने कोभिड–१९ का लक्ष;ण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए पनि आफ्नो घरभित्रसम्म कसरी कोरोनाले प्रवेश गर्यो भन्नेबारे हरिवंश दम्पती जानकार छैनन्।

‘हामी एकदमै परहेजमा बसिरहेका थियौं। सकेसम्म भीडभाडमा नजाने, जानै परे मास्क र सेनिटाइजर प्रयोग गर्ने गरिरहेका थियौं। बची–बची अलि–अलि आफ्नो काम पनि गरिरहेको थिएँ।

यसो गर्दागर्दै पनि १०÷१२ दिनअघि श्रीमतीलाई एकदम जिउ दु;ख्यो। बीचमा ज्व;रो पनि आयो। ज्व;रो धेरै थिएन, त्यही ९९÷१०० डिग्री थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

हामीलाई यो भाइरल हो भन्ने थियो। भाइरल ज्व;रो औ;षधि गरे सातै दिनमा ठीक हुन्छ, नगरे एक हप्ता लाग्छ भन्ने थियो’, हरिवंशले होम आइसोलेसनबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘म सावधानी अपनाएर काममा हिँडिरहेको थिएँ।

Recent Comments

Top