logo
Advertisement

तिम्रो ल्याङ ल्याङ २ ट्रेलर यस्तो बन्यो

२६ आश्विन २०७७, सोमबार मा प्रकाशित

पहिलो सिजनको सफलता पछि वेब सिरिज ‘तिम्रो ल्याङ ल्याङ’को सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । युवापुस्तालाई लक्षित गरेर बनाईएको सिरिजको ट्रेलरमा हाँसो, रोदन, प्रेम, विछोडआदि देख्न सकिन्छ । यहि कार्तिक ३ गतेबाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुनेछ । सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिजमा प्रत्येक सोमबार राती ८.३० बजे प्रशारण हुनेछ ।

निर्देशक मानन्धरले पहिलो सिजनमा सिरिजका कलाकारहरुले कमेडी ड्रामा लिएर दर्शकहरुलाई हसाए पनि दोश्रो सिजनमा भने समसामयिक विषयलाई समेटेर सामाजिक कथावस्तु देखाइने बताए । ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा नै गरिएको हो । सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि रहेका छन् ।

Recent Comments

Top