logo
Advertisement

फिल्म, टेलिफिल्म र म्युजिक भिडियोमा प्रहरीको पोशाक प्रयोग गर्न स्वी’कृति लिनु पर्ने !

२३ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

प्रहरी प्रधान कार्यालयले पोशाक दु’रुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । कार्यालयले विभिन्न फिल्म, टेलिफिल्म, साङ्गितीक श्रव्यदृष्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दु’रुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचार÷प्रसार इकाईमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वी’कृति लिनुपर्ने प्रावधानबारे सूचित गरेको छ ।

विज्ञप्तिमा स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिन्ह र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ ।

यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्र’चलित कानून बमोजिम का’रबा’ही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर क’डायतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।(रासस)

Recent Comments

Top