दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री काजल अग्रवालले आफुले बिवाह गर्न लागेको जानकारी गराएकी छिन् । अभिनेत्री काजलले आज मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत गौतम किचलुसँग ३० अक्टोवरमा विहे गर्दै गरेको जानकारी गराएकी हुन् ।
गौतम किचलु एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिलजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् । कोरोना महामारीका कारण परिवार तथा आफन्तहरुको उपस्थितिमा मुम्बईमा उनले विहे गर्न लागेकी हुन् ।
विहेपछि पनि आफूले आफ्नो दर्शकहरुलाई मनोरञ्जन दिइरहने बताएकी छिन् । उनले आफ्नो दर्शकहरुलाई पनि निरन्तर साथ र सहयोगका लागि धन्यबाद समेत दिएकी छिन् ।
१६ वर्षदेखि फिल्म उद्योगमा सक्रिय अभिनेत्री काजलले साउथ फिल्म लगायत भारतीय चलचित्रमा समेत काम गरेर दर्शकको मन जितेकी छिन् । ‘क्यों हो गया ना’ बाट बलिउडमा डेब्यू गरेकी उनले त्यसपछि उनी लगातार साउथ फिल्ममा व्यस्त बनिन् ।
Recent Comments