logo
Advertisement

५ शिशु जन्माएकी २८ वर्षीया महिला व्यथा !

२३ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

परोपकार प्रसुति गृह थापाथलीमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए ।

पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृ’त्यु भइसकेको उनले बताएका छन् । जीवित शिशु चार छोरी छन् । मृ’तक शिशु भने छोरा थिए ।

सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृ’तसहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमा र चार शिशुको अवस्था पनि सामान्य नै रहेको उनले बताएका छन् ।

Recent Comments

Top