logo
Advertisement

फिल्ममा झै यी १६ वर्षीया किशोरी एक दिनका लागि फिनल्याण्डको प्रधानमन्त्री

२३ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छिन् । लैङ्गकि समानताको अभियानमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले बुधबार आफ्नो सत्ता १६ वर्षे किशोरी आभा मुर्टोलाई सुम्पेकी हुन् । फिनल्याण्डकी सबैभन्दा युवा प्रधानमन्त्री सन्ना मरिनले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिएकी हुन् ।

सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएकी हुन् । बुधबार एक दिनका लागि प्रधानमन्त्री बनेकी मुर्टोको बुधबार विभिन्न राजनीतिकर्मीहरुसँग प्रविधिमा महिला अधिकारको विषयमा छलफल गर्ने कार्यक्रम थियो ।

प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् । आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् ।

उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।

Recent Comments

Top