logo
Advertisement

रघुनाथ सापकोटाको फिल्ममा नाजिरको इन्ट्री

२० आश्विन २०७७, मंगलवार मा प्रकाशित

रंग पत्रकार रघुनाथ सापकोटाले फिल्म बनाउने घोषणा गरेका छन् । उनले अभिनेता नाजिर हुसेनलाई लिएर नयाँ फिल्मओ लागि साइन गरेका छन् । सोमबार सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने एक ‘अनटाइटल’ फिल्मकोलागी हुसेनले साइन गरेका हुन् ।

उक्त फिल्ममा यम थापाको पटकथा तथा संवाद रहने छ । तर फिल्मको नाम, निर्देशक तथा अन्य कलाकारहरु भने फाइनल गरिएको छैन् । सामाजिक कथावस्तुमा बन्ने फिल्म फागुनबाट फ्लोरमा जाने निर्माणपक्षको योजना छ ।

नाजिर राम्रो अभिनय क्षमता भएका अभिनेता हुन् । उनले लकडाउनपछि यसअघि सन्तोष सेनको ‘हुतुतु’ पनि साइन गरिसकेका छन् । म्युजिक भिडियोमा पनि उनको व्यस्तता लोभलाग्दो छ ।

Recent Comments

Top