logo
Advertisement

भाईजान सलमान खानको विबाहको बारेमा पण्डितले जब खुलाए कुरा..

१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

बलिउडका भाईजान सलमान खानले विबाहको विषयले फेरी एकपटक बलिउड तातिएको छ । सलमान खानले कोसंग विबाह गर्लान् त भन्ने विषय न केवल बलिउडलाई मात्रै छ यो पुरै एसियाकैलागी एउटा जिज्ञासाको विषय बनेको छ ।

यस्तोमा बलिउडका भाईजान खानले आफ्नो विवाहको बारेमा पण्डितलाई आफै जिज्ञासु बनेर सोधेको कुराले सबैको ध्यान तानेको छ । सलमान खानले आफ्नो विबाहको बारेमा पण्डितसंग आफैले विगतमा भनिएको आफ्नो विबाहको लगन र गुणदोषका कुराहरु यो वर्ष पनि उत्तिकै जिज्ञासु भएर सोधेको कुरा अहिले बलिउडमा निकै नै चर्चाको विषय बनेको छ ।

सबै सञ्चारमाध्यमहरुले आफ्नै आफ्नै विवेक प्रयोग गर्दै भाईजान खानको विबाहको विषयमा हेड लाईन राखेर समाचार सम्प्रेषण गरि रहेका छन् । सलमानले आफ्नो विबाहको बारेमा पण्डितलाई घरमा बोलाएर भने सोधेका थिएनन् ।

उनले विगत केही वर्षदेखि लगातार होस्ट गर्दै आएको लोकप्रिय शो ‘बिगबोस १४’ शो को पहिलो एपिसोडमा पाहुना बनेर आएका जनार्दन बाबासंग आफ्नो विबाहको बारेमा सोधेका थिए ।

त्यसरी सोध्ने क्रममा सलमानले निकै नै गम्भिर भएर सबै कुरा जान्न चोहेका थिए । उक्त पहिलो बिगबोस १४ को पहिलो एपिसोडमा जनार्दन बाबाले पनि सलमानलाई उनले सोधे जति सबै प्रश्नको जवाफ दिएर विबाहको बारेमा सन्तष्त बनाएका थिए ।

त्यसरी सोध्ने क्रममा बलिउडका भाईजानले विगतमा उनै पण्डितले भनेको कुरा पण्डितलाई नै स्मरण गराउँदै ठट्टेउली पारामा भनेका थिए, ‘तपाईले ६ वर्षअगाडी मेरो विवाह अर्को वर्ष हुन्छ भन्नु भएको थियो । के मेरो विवाहको योग सकिएको हो ?’

सलमानको यो प्रश्नमा बाबले भने, तपाइँको विवाहको योग गइसेकेको छ ।’ बाबाको कुरा सुनेपछि सलमान खान नाच्न सुरु गरे । खान साहाब नाचेको देखेर मञ्चमा हाँसोको माहोल बनेको थियो । – एजेन्सी

Recent Comments

Top