logo
Advertisement

चर्चित जोडी रन्जिता र शिवनको नयाँ मा’र्मिक गीत ‘क्यारी हासम खै’ को भिडियो सार्वजनिक (भिडियो)

१४ आश्विन २०७७, बुधबार मा प्रकाशित

चर्चित गायिका शान्तिश्री परियार र गायक राजेन्द्र कंडेलको युगल स्वर रहेको मार्मिक गीत ‘क्यारी हासम खै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय मोडल शिवन पोखरेल अभिनित मार्मिक गीतको भिडियोमा उनलाई चर्चित मोडल रन्जिता गुरुङ्गले साथ दिएकी छिन् । भिडियो एबिएस म्यूजिकको युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको भिडियोमा शिवन र रन्जिताका अलावा कुल बहादुर ओली, पदम प्रसाद भट्राई, सम्झना शाह तथा बालकलाकारहरु बृष बराल, सहा’रा बस्नेत र पुकार श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोमा देशमै एक प्रतिष्ठित पेशामा आवद्ध भएर पनि दैनिक जीवनयापन गर्न निकै क’ठिन परिस्थितीले विदेशीन बा’ध्य तुल्याएको परिवारिक वि’छो’डको वे’द’नालाई प्रस्तुत गरिएको छ ।

प्रशान्त पौडेलको शव्द संगित रहेको गीतलाई दिपकराज विश्वकर्माले एरेन्ज गरेका हुन् । बिदुर अपगाईले निर्माण गरेको भिडियोलाई देवेन्द्र पांडेले निर्देशन गरेका छन् । विपिन क्षेत्रीको छायांकनमा दिनसन शाले सम्पादन गरेका छन् । गीत जति मार्मिक छ भिडियोमा कलाकारहरुको अभिनयले भिडियोलाई उतिकै उत्कृष्ट बनाएको छ ।

मोडल शिवन पोखरेलको अभिनयले देशमा रोजगारी भएर पनि सामान्य तवरले परिवार समेत पाल्न मु’श्कि’ल भए पश्चा’त विदेशिन वा’ध्य बनाईएको कथाले समग्र देशको शैक्षिक युवाहरु पलायन हुनुको मुख्य कारण आयश्रोत कम हुनु नै हो भन्ने यथार्थ बोलेको छ । हेर्नुस् गीतको भिडियो :

Recent Comments

Top