logo
Advertisement

यी मानिसले बोईलर कुखुरालाई कलर लगाएर लोकल भनेर बेचेपछि..?

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिक प’क्राउ परेका छन् । काठमाडाैँकाे कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो ।

बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको पाइएकाे हो । यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले प’क्राउ गरेको हो ।

सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाह कालीमाटी बृत्तले प’क्राउ गरेका छ । करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताए ।

प्रहरीले कुल २८ हजार ६ सय चल्लाको बरामद गरेको छ । जसमध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल, गिरिराज, कोईलर भन्दै १० रुपैयाँमा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।

Recent Comments

Top