logo
Advertisement

कृष्ण बुढाथोकी र कमला पोखरेलको आवाजमा ‘जादु रैछ मायाको बोलिमा’ को भिडियो सार्वजनिक (भिडियो)

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

गायक कृष्ण बुढाथोकी र गायिका कमला पोखरेलको आवाज रहेको नयाँ गीत ‘जादु रैछ मायाको बोलिमा’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक कृष्ण बुढाथोकीकै शब्द तथा संगीत रहेको गीतलाई रातोपर्दा टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

पवन परियारले एरेन्ज गरेको गीतको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी तथा महेन्द्र गौतमको मुख्य अभिनय रहेको छ । अन्जली र महेन्द्रका अलावा भिडियोमा कुल बहादुर ओली, मनोज थापा लगायत कलाकारको पनि अभिनय रहेको छ ।

ललित केसीको निर्देशनमा तयार भएको भिडियोलाई बिरेन्द्र भाट “बिपिन” ले खिचेका हुन् भने गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् । हेर्नुस् यस्तो बनेको छ ‘जादु रैछ मायाको बोलिमा’ गीतको भिडियो

Recent Comments

Top