logo
Advertisement

राजेश हमालद्धारा फिल्म क्षेत्रका प्राविधिकहरुलाई आर्थिक सहयोग

३ आश्विन २०७७, शनिबार मा प्रकाशित

महानायक राजेश हमालले ल’क’डाउनका कारण समस्यामा परेका ११३ जना फिल्म क्षेत्रका प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । फिल्म प्राविधिक संघद्धारा आयोजित एक कार्यक्रममा अभिनेता हमालले १०३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ वितरण गरेका थिए ।

उनले प्राविधिहरुलाई आफूले सधैं उच्च स्थानमा राखेको भन्दै यो रकम ठूलो नभए पनि महामारीको बेला सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताएका छन् ।

उनले, यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे । उनले भोली समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । हमालले देश बाहिर रहेका केही आफ्ना साथीहरुले समेत यसमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

Recent Comments

Top