logo
Advertisement

राष्ट्रिय झण्डा जला’एका गेल्जङ दोर्जे तामाङ पुर्प’क्षका लागि जे’ल चलान

२९ भाद्र २०७७, सोमबार मा प्रकाशित

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा ज’लाएको अ’भियोगमा प’क्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षकालागि थु’नामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौक न्यायाधीश विनोदराज पोखरेलको इजलासले मुख्य अभियुक्त गायक गेल्जङ दोर्जे तामाङलाई पुर्पक्ष, ३ जनालाई १५ हजार धरौटीमा रिहा र ५ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

उनीहरुवि’रुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मु’द्धा दर्ता गरिएको थियो । गत भदौ १ गते झण्डा ज’लाएको आ’रोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६ जना र महानगरीय अ’पराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट प’क्राउ गरेको थियो ।

भिडियो सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएको थियो । मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो ।

Recent Comments

Top