logo
Advertisement

वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा (भिडियो सहित)

१४ भाद्र २०७७, आईतवार मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ ।

राष्ट्रभक्तिमा आधारित रहेको गीतलाई मनोहर सुनामको एरेन्जमा संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् ।

Recent Comments

Top