logo
Advertisement

अब अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

१४ भाद्र २०७७, आईतवार मा प्रकाशित

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कोरोनाको सं’क्रमण अवधिभरका लागि यस्तो सेवा निःशुल्क गर्नुपर्ने नीति लिएको थियो । यो व्यवस्थापछि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड प्रयोग गरेर स्वदेशभित्रकोे कुनैपनि एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन ।

यसअघि स्वदेशको कारोबारमा लाग्दै आएको सेवाको शुल्क समेत बैंक तथा वित्तीय संस्था आफैंले निर्धारण गर्दै आएका थिए । केही बैंकले भने यस्तो सेवा निःशुल्क गर्दै आएका थिए । निर्देशनमा, त्यसरी जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै त्यसको सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाले एसएमएसमार्फत् प्रयोगकर्तालाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्क समेत उल्लेख गर्नुपर्ने भनिएको छ । एउटा बैंक ताथ वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत प्रष्ट पारिएको छ । एटीएम मेसिनमा समस्या आउँदा तत्कालै बैंकका प्रतिनिधिलाई सम्पर्क गर्न सक्नेगरी सम्बन्धित व्यक्तिको नाम र मोबाइल नम्बर समेत एटीएम काउन्टरमा राख्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

Recent Comments

Top