काठमाडौं उपत्यकामा अहिले तरकारीको भाउ ह्वात्तै बढेको छ । अझ ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको छ ।
काठमाडौँमा आज ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ तर कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ।
निषेधाज्ञाले गर्दा मासुको खपत कम भएकाले मासुको भाउ घटेको बुझ्न सकिन्छ । मासुको भाउ घटेतापनी खपत भने कम भएको बुझ्न सकिन्छ ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघले जनाएको छ।
Recent Comments