logo
Advertisement

बलिउड नायिका अनुष्का शर्मा आमा बन्दै

१२ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

भारतीय क्रिकेटर विराट कोहली बा बन्ने भएका छन् । उनको श्रीमती बलिउड नायिका अनुष्का शर्मा अव चाडै आमा बन्न लागेकी छिन् । अभिनेत्री अनुष्का र बिराटले आ–आफ्नो ईन्स्टाग्राममा पोष्ट गर्दै आउँदो वर्ष आफूहरुको जीवनमा नयाँ सदस्यको आगमन हुन लागेको बताएका छन् ।

दुवैले आफ्नो ईन्स्टाग्राममार्फत दुई जनाको जीवनमा अर्को एक जना आउन लागेको भन्दै आफ्नो सन्तानको आगमनको खुसी बाँडेका हुन् ।
उनीहरुले लेखेका छन्, ‘आउँदो २०२१ को जनवरीमा हामी तीन हुँदै छौं ।’ अनुष्का र विराटले २०१७ को डिसेम्बर ११ गते विवाह गरेका थिए । उनीहरु अगाडीबाटै प्रेम सम्बन्धमा रहेका थिए ।

Recent Comments

Top