logo
Advertisement

पल र पूजा पहिलो पल्ट भेट हुँदा यस्तो भयो (भिडियो)

१२ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

गायिका रचना रिमाल र सरोज ओलीको नयाँ गीत ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ । रचना नेपाल आइडलबाट चर्चामा आएकी हुन । गज्जब टिभी युट्यूब च्यानलमार्फत् ‘पहिलो पल्ट भेट हुँदा’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश थपलियाको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले छायाङकन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र पुजा शर्माको अभिनय रहेको छ । अमन मानन्धरको सम्पादन रहेको उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

Recent Comments

Top