सुरिलो स्वरकी धनि मेनुका परियार आमालाई सम्झेर गीत गाउँदा गाउदै भक्कानिएर रोएकी छिन् । धादिंङकी मेनुका परियार निकै मिठो गीत गाउँछिन् । आधुनिक देखि लोक गीत पनि गाउन सक्ने क्षमता भएकी मेनुकाको आर्थिक अवस्था निकै कमजोर छ ।
सानै छदादेखि नै आमाको माया नपाएकी मेनुकालाई अहिले उनकी दिदी हरुले आमा बनेर पालनपोषण गरिरहेका छन् । आमाको मानसिक अवस्था कमजोर भएपछि उनले आमाको माया पाईनन् । आमाको माया कस्तो हुन्छ भन्ने थाहा छैन उनलाई । केही दिन अघि हामीमाझ आफुसँग मोवाईल, टिभी केही पनि नभएको बताएकी मेनुकालाई ट्याब उपहार आएको छ ।
भबिष्यमा चर्चित गायिका बन्ने सोच राखेकी मेनुकालाई आज सहयोगी दाता राजेन्द्र मिश्रले उपहार स्वरूप ट्याब दिएका छन् । उनलाई उपहार सँगसँगै राजेन्द्रले मेनुकाको उज्ज्वल भबिष्यको कामना गरेका छन् । उनको हर इच्छा र सपना पुरा होस्, हाम्रो पनि उनलाई उत्तर उत्तर प्रगतिको कामना छ ।
Recent Comments