logo
Advertisement

प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक (भिडियो)

७ भाद्र २०७७, आईतवार मा प्रकाशित

चर्चित गायक प्रमोद खरेलको नयाँ गीतको सार्वजनिक भएको छ । ‘घिटी घिटी’ बोलको भिडियो सार्वजनिक भएको हो । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् । प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षत्रीले नै गरेका हुन् ।

स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षत्री, भीम केसी ‘कमल’ हुन् भने निर्माता राजेन्द्र खड्का रहेका छन् । भिडियोको प्रोडक्सन कन्ट्रोलर चन्द्र शम्शेर केसी हुन् भने नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ ।

Recent Comments

Top