संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेको छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व विर्सदा सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने कथालाई यो छोटो फिल्ममा प्रस्तुत गरिएको छ । निर्देशक ज्ञवालीले ‘डार्क मुन’लाई समाजको यथार्थ तस्वीर भनेका छन् ।
घ’टनालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको भन्दै उनले दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । यो फिल्ममा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शिर्ष भूमिका रहेको छ ।
यो फिल्मको लेखन प्रदिप भारद्धाजले गरेका हुन् । कृष्मा गौतम र सारा भुर्तेलको निर्माणमा तयार भएको छोटो फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् । संचारकर्मी ज्ञवालीले यसअघि ‘लकडाउन’ नामक छोटो फिल्म सार्वजनिक गरेका थिए ।
Recent Comments