logo
Advertisement

‘आलु जस्तो गायक’ दुर्गेशलाई तालिसँगै गा’ली

७ भाद्र २०७७, आईतवार मा प्रकाशित

पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय कलाकार तथा गायक दुर्गेश थापाको “आलु जस्तो गायक” युटुबको ट्रेन्डिंगको पहिलो स्थानमा पुगेको छ । इनाक्षि इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गीतलाई अहिले सम्म १० लाख बढीले हेरेका छन् । यो सफलता सँगसँगै गीतलाई लिएर सामाजिक संजालमा दुर्गेशको पक्ष र विपक्षमा विभिन्न टिका टिप्पणी हुन थालेका छन् ।

दुर्गेशको “आलु जस्तो गायक” लाई कयौं दर्शकहरुले हिन्दि चलचित्र ‘सडक २’ को ट्रेलरलाई बिस्थापित गरेर नेपाली गीत नम्बर एक स्थानमा पुग्नु गर्वको कुरा भएको पनि बताएका छन् भने अन्य दर्शकले “आलु जस्तो गायक” गीतमा उनले स्वर्गीय जन कवी केसरी धर्मराज थापालाई अपमान गरेको भन्ने पनि धारणा राखेका छन् ।

जन कवी केसरी धर्मराज थापाको चर्चित गीत ‘हो हो माले हो हो, हो हो तारे हो हो’ दुर्गेशले गाएको गीतको भिडियोमा प्रयोग भएको छ । उनले आफुले गाएको ”आलु जस्तो गायक”मा पनि हो हो माले गर्ने मान्छे गायक भो बबाल भनेका छन् । त्यसलाई लिएर सामाजिक संजालमा उनलाई मिश्रित प्रतिकृया आइरहेका छन् ।

‘हो हो माले भन्ने मान्छे गायक भो बबाल’ भन्ने गीतको वाक्यांशलाई लिएर भने केहीले प्रश्न र चिन्ता व्यक्त गरेका छन् । यद्यपी गायक थापाले आफुलू अग्रजहरुको सदैव सम्मान गर्ने र अपमान गर्ने नियतले गीत तयार नगरेको स्पष्ट गरेका छन् ।

‘सालको पात टपरी’ जस्ता सर्वाधिक रुचाइएको गीत सहित अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक/संगीतकार वसन्त थापाको शब्द र संगीतमा तयार भएको उक्त गीतमा नकारात्मक टिप्पणी हुने तरिकाले गीत लेखेको हुन नसक्ने पनि कतिपयको भनाइ छ ।

टेलिभिजन अन्तर्वार्तामा अग्रज कलाकारको गीत गायन र नामका विषयमा चिप्लिंदा तीव्र विवाद र आलोचना खेपेका थापाले ‘आलु जस्तो गायक’ बोलको गीतबाट उक्त प्रकरणबारे स्पष्ट पार्न खोजेका छन् । भिडियोमा दुर्गेशका अलावा अहिलेका चर्चित नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय रहेको छ ।

Recent Comments

Top