logo
Advertisement

‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ (भिडियो)

३० श्रावण २०७७, शुक्रबार मा प्रकाशित

हिन्दु नेपाली नारीहरूको महान चाड तीज नजिकिंदै गर्दा बजारमा विभिन्न तीज गीतहरु आइरहेका छन् । यसै क्रममा गीतकार तथा कवि नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ तीज गीत ओएसआर डिजिटल मार्फत युटुबमा सार्वजनिक भएको छ ।

राम कार्कीको संगीत रहेको ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ गीतमा एलिना चौहानले स्वर दिएकी छिन् । सुरेश थापाले निर्देशन गरेको भिडियोमा शान्ता कार्कीको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगा ल, गणेश आमी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

राहुल राईले खिचेको गीतको भिडियोलाई अधिनायक मान शेरचनले सम्पादन गरेका छन् । ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ ।
हेर्नुस् भिडियो :

Recent Comments

Top