logo
Advertisement

तीज नजिकिदै गर्दा घट्यो सुनको भाउ

२८ श्रावण २०७७, बुधबार मा प्रकाशित

आकासिदो सुनको भाउ घ’टेको छ । सुनबजारमा आज (बुधबार) सुनको भाउमा ऐतिहासिक गि’रा’वट आएको हो । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घ’टेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झ’रेको छ । एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गि’रा’वट पहिलो पटक भएको महासंघले जनाएको छ ।

महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तो’केको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

Recent Comments

Top