नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले विवाह गरेका छन् । उनले आज आफ्नी प्रेमिकासंग कानुनी रुपमा बिबाह गरेका हुन् । निशानले धुलिखेल जिल्ला अदाल’तमा प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।
पछिल्लो समयमा गायक निशान भट्टराइ ब्यस्त गायकको रुपमा आफुलाई परिचित गराउदै छन् । उनी फिल्मी गीतमा अझ धेरै ब्यस्त भएका छन् । उनको पछील्लो गीत ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
Recent Comments