logo
Advertisement

अव श्रीकृष्ण श्रेष्ठ सम्झनामा ! स्वेताले लेखिन् यस्तो भावुक स्टाटस

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित

नेपाली फिल्म क्षेत्रका सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको नि’धन भएको आज ६ बर्ष भएको छ । आज अर्थात् साउन २५ स्व. श्रीकृष्ण श्रेष्ठको स्मृति दिवस । २०७१ साल साउन २५ गते अभिनेता श्रेष्ठको नि’धन भएको थियो । अभिनेता श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै पत्नी तथा नायिका स्वेता खड्काले निकै भावुक स्टाटस लेख्दै स्व. श्रेष्ठको फोटो सेयर गरेकी छिन् ।

स्वेताले सामाजिक संजालमार्फत श्रीकृष्णलाई सम्झिदै यस्तो स्टाटस लेखेकी छिन्, ‘यादमा बाँचिरहेको मान्छे साथ नहुँदैमा विलिन भएको भन्न कहाँ मिल्छ र ! मन–मष्तिस्कमा सँधै अमर तिमी । हार्दिक श्रद्दासुमन ।’

नायक श्रीकृष्ण श्रेष्ठलाई चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशकले सामाजिक संजालबाट संझिएका छन् । नायिका करिश्मा मानन्धर, विपना थापा, निर्देशक आकाश अधिकारी लगायतले श्रीकृष्णसँग काम गर्दाको पल संझिएका छन् ।

बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए । दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए ।

Recent Comments

Top