logo
Advertisement

शंकर बिसी गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाउने तयारीमा

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित

लोकदोहोरी गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् मोडल तथा निर्देशक शंकर बिसीले । उनी अहिले गिनिज वर्ल्ड रेकर्ड्सको तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियो अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वर्ल्ड रेकर्ड्स बनाउन जुटेका हुन् ।

विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको बुझाई रहेको छ । रेकर्डका लागि उनले सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन समेत दिएका थिए ।

कहिले काँही दैनिक ४ भिडियोसमेत अभिनय गरेका शंकरले साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् । कोरोना महामारीका कारण अहिले सो प्रक्रियामा सुस्तता छाएको शंकरले बताएका छन् । रेकर्डका लागि अहिले गीत गन्ने काम भइरहेको उनले बताएका छन् ।

Recent Comments

Top