logo
Advertisement

काठमाडौँको गोंगबुमा सुटकेशमा भेटिएको श’वको पहिचान खुल्यो

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित

काठमाडौँको गोंगबुमा हिजो बिहान टु’क्रा-टु’क्रा पारेर बाकसमा राखेर फालिएको श’वको पहिचान भएको छ । सुटकेशमा भेटिएको श’व दाङ घर भइ हाल काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत कृष्णबहादुर बोहराको रहेको खुलेको छ । श’वको पहिचान नभएपछि प्रहरीले मृ’तकको फोटो सार्वजनिक गरेको थियो ।

गोंगवु गणेशस्थानस्थित सडकमा श’व टु’क्रा टु’क्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको थियो । गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटकेश भेटिएको थियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सुटकेश । उक्त सुटकेशलाई बाहिरबाट रातो प्लाष्टिकले बेरिएको थियो ।

स्थानीयले बिहान करिब ७ बजेको समयमा उक्त सुटकेश देखेपछि प्रहरीमा खबर गरेका थिए । घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिएपछि खुट्टा र टाउको कुकुरले फेला पारेको थियो ।

Recent Comments

Top