logo
Advertisement

एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित

सामाजिक संजालमा अहिले एक तस्बिर निक्कै चर्चामा छ । उन्त फोटो अमेरिकाको हो । अमेरिकाको एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् । अमेरिकाको इलिनोइसस्थित ती सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका हुन् । अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैसला गरेका थिए ।

फोटोमा नर्सहरुले आफ्नो पोषाकको पछाडि नम्बर पनि लेखेका छन् । त्यो नम्बरले बच्चाको जन्मको क्रम देखाउँदछ ।बच्चाहरुको जन्म अगष्ट देखि नोभेम्बर सम्ममा भएको छ । दुईजना नर्सले आफ्नो बच्चाको नाम एउटै अर्थात् चार्लोट राखेका छन् ।

यसअघि एन्डर्सन अस्पतालका नर्सहरुले गर्भावस्थाको बेला पनि फोटोशूट पनि गराएका थिए । सात मध्ये चारजनाले छोरी जन्माए र तीन जनाले छोरा जन्माए । करीब ४ महिनाको भित्रमा ती सबै नर्स गर्भवती भएका थिए । अस्पतालले पनि बच्चा सहितका नर्स आमाको तस्वीर पोष्ट गरेको छ ।

Recent Comments

Top