गायिका तथा सांसद कोमल वली अभिनित चेतनामुलक गीतको भिडियो ‘बोकी सधैँ दुनियाँमा’ सार्वजानिक भएको छ । गीतको भिडियोमा कोमलसँगै अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट, गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठलाई समेत देख्न सकिन्छ ।
गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको स्वर रहेको गीत नारीहरुलाई चेतना फैलाउने उद्देश्यले बनाइएको हो । गीतले समाजमा घटिरहेका विभिन्न घ’टनाहरुलाई उजागर गर्दै त्यसको वि’रुद्ध आवाज उठाउन आव्हान गरेको छ ।
देवदत्त भट्टको शब्द, सप्रेम सागरको संगीत रहेको गीतको भिडियो दिनेश अधिकारीले निर्देशन गरेका हुन् । यस्तो बनेको ‘बोकी सधैँ दुनियाँमा’ गीतको भिडियो :
Recent Comments