सञ्चारकर्मसँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीले यस वर्षको तीजमा दर्शकहरुका लागि नयाँ तीज गीत ”रातो सारी लरक्कै” उपहार स्वरुप लिएर आएकी छिन् । सरिता भारतीको स्वरमा सजिएको ”रातो सारी लरक्कै” बोलको गीतको भिडियो पनि बजारमा आएको छ ।
ब्युटी न्युज नेपालकी सञ्चारकर्मी सरिताले सोही युटुब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेकी छिन् । शान्तिप्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले उत्कृष्ट संगीत दिएका छन् ।
डब्बु क्षेत्रीको निर्देशनमा तयार भएको ”रातो सारी लरक्कै” को भिडियोको छायाँकन राजु केसीले गरेका छन् । कोरियोग्राफर राहुल श्रेष्ठ तथा छबि थापामगरको कोरियोग्राफीमा सरिता भारती, अनामिका चौलागाई, दीपासा बिसी लगायतका कलाकारहरुले कम्मर मर्काएका छन् ।
हेर्नुस् सरिता भारतीको यसपालिको तीजको कोशेली ”रातो सारी लरक्कै” :
Recent Comments