logo
Advertisement

२० महिने बालक प्रहरी हि’रासतमा

२२ श्रावण २०७७, बिहीबार मा प्रकाशित

अहिले हाम्रो समाजमा अनेकौ आ’श्चर्य’जनक घ’ट’ना बाहिरिएका छन् । यस्तैमा मोरङमा २० महिने बालक प्रहरी हि’रासतमा पुगेका छन् । आमा र बुबालाई बहुबिवाह मु’द्दा परेपछि २० महिने बालक साउन २ गते यता जिल्ला प्रहरी कार्यालय मोरङको हि’रासतमा आमासँगै बसेका हुन् । उनीसँगै प्रहरी हवल्दार बाबु सञ्जयकुमार यादव र आमा अनिषा खवास हि’रासतमा छन् ।

विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयले याम्फूदिन प्रहरी चौ’कीमा हवल्दार पदमा कार्यरत रहँदा ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग बहुविवाह गरेका थिए ।

विवाहको जानकारी घरमा थिएन । तर विवाहपछि सन्तान भएको जानकारी पाएपछि जेठी श्रीमती सरस्वतीले बहुबिवाहको उ’जुरी गरेपछि उनीहरु प’क्राउ परेका हुन् । सञ्जय र सरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो ।

Recent Comments

Top