logo
Advertisement

”प्रच’ण्ड” सहित परिवारका सबै सदस्यको के आयो त कोरो’ना रि’पोर्ट ?

२२ श्रावण २०७७, बिहीबार मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ”प्र’च’ण्ड” सहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपो’र्ट ‘नेगे’टिभ आएको छ ।

प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट ने’गे’टिभ आएको जनाईएको छ । तर, प्रच’ण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पो’जि’टिभ देखिएको थियो ।

यो पनि पढ्नुस्

सरकारले आज (विहीबार) देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जो’खिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय सं’क्रमित भएका जिल्लामा जोर-विजोर लागू हुनेछ ।

जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । उनले भने, ‘कसैले भनसुन नगर्नु होला, सरकारको निर्णय क’डाइका साथ ट्राफिक प्रहरीले लागू गराउँछ ।’

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना सं’क्रमणको जो’खिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा क’डाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए । सरकारले विहीबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

Recent Comments

Top