logo
Advertisement

बाहुबलीका निर्देशक र परिवारलाई नै कोरो’ना पोजे’टिभ

१५ श्रावण २०७७, बिहीबार मा प्रकाशित

‘बाहुबली’ सिरिज मार्फत बलिउडमा पनि आफ्नो बलियो उपस्थिति जनाएका दक्षिण भारतीय सिनेमाका भेट्रान निर्देशक एसएस राजमौली र उनका परिवारका सदस्यलाई कोरो’ना भाइ’रस पोजेटिभ देखिएको छ । आफुलाई कोरो’ना भएको सं’का भएपछी निर्देशक राजमौली परिवार सहित कोराना चेकअपको लागी हस्पिटल पुगेका थिए । उनिहरुलाई सामान्य रु’घा र खो’की ल’क्षण देखिएको मात्र थियो ।

डाक्टरले उनी र परिवारका सदस्यलाई कोरो’ना पोजे’टिभ भएको रिर्पोट उपलब्ध गराएसँगै उनले ट्वीटर मार्फत उक्त खबर सार्वजनिक गरेका हुन् । हाल उनी र उनको परिवार सुर’क्षीत तव’रले होम क्वारेन्टिनमा रहेको जानकारी ट्वीटमा उल्लेख गरेका छन् । आफु र आफ्नो परिवारमा कोरोना देखिएसँगै उनले अन्य निर्माता तथा निर्देशकलाई पनि सचे’त रहन आग्रह गरेका छन् । राजमौली हाल ‘आरआरआर’ नामक सिनेमाको पोष्ट प्रोडक्सनको काममा व्यस्त छन् ।

Recent Comments

Top