logo
Advertisement

भदौ तेस्रो र असोज पहिलो हप्तादेखि त्रिविको स्थ’गित परीक्षा ग’र्ने तयारी !

१४ श्रावण २०७७, बुधबार मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ब’न्दाब’न्दी खु’लेसँगै रो’किएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शु’रु गर्ने तयारी था’लेको छ । ब’न्दाब’न्दी खु’लेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मा’गेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी था’लेको हो ।

त्रिवि परीक्षा नि’यन्त्रण कार्यालय (पनिका) का परीक्षा नि’यन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका से’मेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु ग’र्ने गरी तयारी था’लिएको बताए ।

विद्यार्थी आएपछि १४ दिनसम्म क्वा’रेन्टिनमा बस्नुपर्ने र त्यसपछि सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको उनले बताएका छन् । त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ ।

त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थ’गन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका से’मेष्टर प्रणालीका परीक्षा रो’किएका छन् ।

यसअघि व्यवस्थापन स’ङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचौं र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित ग’रिसकेका छन् ।

Recent Comments

Top